एजेन्सी । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
पेरिसमा शनिबार राति भएको खेलमा कोलम्बियाका डानिल गालनलाई पराजित गर्दै जोकोभिच चौंथो चरणमा पुगेका हुन् ।
विश्व नम्बर एक जोकोभिचले गालनमाथि ६-०,६-३ र ६-२ को सेटमा जित निकाले ।
एक पटकको फ्रेन्च ओपन च्याम्पियन जोकोभिचले अन्तिम १६ मा रुसका करिन खाचानोभसँग खेल्ने छन् ।
पाँचौं वरीयता प्राप्त ग्रिसका स्टेफानोस र १८ औं वरीयताका बुल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभ समेत चौंथो चरणमा प्रवेश गरेका छन् ।
महिलातर्फ चौंथो वरियताकी सोफिया केनीनले चौंथो चरणको यात्रा तय गरेकी छिन् । केनीनले इरिना बारालाई ६-२ र ६-० ले हराईन ।
रुसकी पेट्रा कोभिटोभाले समेत चौंथो चरणमा स्थान बनाएकी छिन् ।
स्पेनिस ग्राबिन मुगुरुजा भने तेस्रो चरणबाट बाहिरिएकी छिन् ।