एजेन्सी । शीर्ष वरियताकी सिमोना हालेप फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेकी छिन् ।
पेरिसमा शुक्रबार भएको तेस्रो चरणको खेलमा अमेरिकी अमान्डा अनिसिमोभालाई हराएर हालेपले चौंथो चरणमा स्थान बनाएकी हुन् ।
रोमानियाकी हालेपले अमान्डामाथि ६-० र ६-१ को सेटमा पराजित गरिन् । २५ वौं वरियताकी अमान्डामाथि जित निकाल्न हालेपले मात्र ५४ मिनेटको समय निकालिन ।
अब हालेपले अन्तिम १६ मा पोल्याण्डकी इगा स्विटेकसँग खेल्ने छिन् ।
युक्रेनी खेलाडी एलिना स्विटोलिनाले पनि अन्तिम १६ मा स्थान बनाएकी छिन् । उनले रुसकी एकाटेरिनालाई ६-४ र ७-५ ले पराजित गरिन् ।
पुरुषतर्फ युएस ओपन च्याम्पियन डोमिनिक थिएमले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।
अष्ट्रियाका थिएमले नर्वेका कास्पर रुडलाई ६-४,६-३ र ६-१ ले पराजित गरे ।