एजेन्सी । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा बिहीबार राति भएको खेलमा लिथुनियाका रिकार्डस बेरान्किसलाई पराजित गर्दै जोकोभिच तेस्रो चरणमा पुगेका हुन् ।
विश्व नम्बर एक जोकोभिचले रिकार्डसमाथि ६-१,६-२ र ६-१ को सेटमा जित निकाले ।
एक पटकको फ्रेन्च ओपन च्याम्पियन जोकोभिचले तेस्रो चरणमा कोलम्बियाका डानिल गालनसँग खेल्ने छन् ।
पाँचौं वरीयता प्राप्त ग्रिसका स्टेफानोस र १८ औं वरीयताका बुल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभ समेत तेस्रो चरणमा प्रवेश गरेका छन् ।
महिलातर्फ चौंथो वरियताकी सोफिया केनीनले तेस्रो चरणको यात्रा तय गरेकी छिन् । स्पेनिस ग्राबिन मुगुरुजा समेत तेस्रो चरणमा पुगेकी छिन् ।