एजेन्सी । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक आज (मंगलबार) बस्दैछ ।
भरतपुरको चितवनमा बस्ने बोर्ड बैठक बिहान १० बजे सुरु गर्ने तयारी गरिएको छ ।
बैठकका लागि मुख्य ४ वटा एजेण्डा तय गरिएको छ ।
बैठकले संघको आगामी साधारण सभाबारे निर्णय गर्नेछ । कोरोना महामारीका कारण संघको साधारण सभा प्रभावित बन्दै आएको छ ।
यस्तै, संघको आर्थिक बर्ष २०७१÷७२ देखि २०७५÷७६ सम्मको आर्थिक लेखापरीक्षण प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने एजेण्डा समेत तय गरिएको छ ।
बैठकमा अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)संग भएका पछिल्ला काम कारबाहीबारे जानकारी गराउने र विविध गरि ५ वटा एजेण्डा तय गरिएको छ ।
क्यान निर्वाचनको झण्डै एक बर्ष पुग्न लागेको अवस्थामा बोर्ड बैठक बस्न लागेको हो ।
निर्वाचनको झण्डै एक बर्ष बित्न लाग्दा समेत क्यानले क्रिकेट विकासका योजना तथा कार्यक्रम अघि सार्न सकेको छैन ।
आईसीसीको आंशिक प्रतिबन्ध फुकुवाले काम गर्न समस्या परेको उसको दाबी छ । तर निर्वाचनको एक बर्षसम्म सरकारसंग समेत सम्बन्ध राम्रो बनाउन सकेको छैन ।
आईसीसी र सरकारको विश्वास जित्न नसक्दा क्यानले पछिल्लो एक बर्षमा केही पनि गतिलो काम गरेको देखिदैन ।