एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।
रोममा सोमबार राति भएको फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् ।
सर्बियन जोकोभिचले डिएगोमाथि ७-५ र ६-३ को सेटमा जित निकाले ।
यससँगै जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जित्न सफल भएका छन् ।
यस्तै ३३ वर्षीय जोकोभिचले सर्वाधिक धेरै मास्टर्स उपाधि जित्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।
इटालियन ओपन जोकोभिचको ३६ औं मास्टर्स उपाधि हो । उनले राफायल नाडालको कीर्तिमान भङ्ग गरेका हुन्।
नाडालले ३५ मास्टर्स उपाधि जितेका छन् ।
महिलातर्फको उपाधि रोमानियाकी सिमोना हालेपले जितेकी छिन् ।