एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिच इटालियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
रोममा भएको सेमिफाइनलमा नर्वेका कास्पर रुडलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
सर्बियन जोकोभिचले रुडमाथि ७-५ र ६-३ को सेटमा जित निकाले । क्ले कोर्टमा खेलिने इटालियन ओपनमा जोकोभिच दशौँ पटक फाइनलमा पुगेका हुन् ।
३३ वर्षीय जोकोभिचले ४ पटक इटालियन ओपन जितिसकेका छन् ।
अब फाइनलमा जोकोभिचले अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानसँग खेल्नेछन् ।
डिएगोले क्यानडाका डेनिस शापोभालोपलाई पराजित गरेका थिए ।
महिलातर्फको फाइनलमा रोमानियाकी सिमोना हालेप र रुसकी कारोलिना प्लिस्कोभा भिड्ने छिन् ।