काठमाडौं । सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको स्वास्थ्यमा सुधार आएको छ ।
काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका ललितको स्वास्थ्यमा सुधार आएपछि उनलाई अति सघन उपचार कक्ष आईसियुबाट आइतबार सामान्य वार्डमा सारिएको छ ।
ललितको उपचारमा सक्रिय क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले उनलाई आईसियुबाट केबिनमा सारिएको जानकारी गराएको छ ।
आईतबार राति धनगढीबाट महेन्द्रनगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए । गत हप्ताको सोमबार भने ललितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहदै आएका थिए । विभागीय टिम पुलिसमा आबद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए ।
ललितको उपचारका लागि पछिल्लो समय सिप्यानले आर्थिक संकलन गरिरहेको छ ।
सिप्यानले सेञ्चुरी कमर्सियल बैंकको ००१०००२५२९ CA खातामा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।