एजेन्सी । अष्ट्रियन खेलाडी डोमिनिक थिएमले यूएस ओपनको उपाधि हात पारेका छन् ।
सोमबार बिहान भएको खेलमा जर्मन खेलाडी एलेक्जेन्डर जेभरेभलाई पराजित गर्दै थिएमले पहिलो ग्रान्डस्लाम उपाधि हात पारेका हुन् ।
दुई सेटले पछि परेको स्थितीलाई उल्ट्याउँदै थिएमले पहिलो ग्रान्डस्लामकाे सफलता प्राप्त गरे ।
उनले २–६, ४–६, ६–४, ६–३ र ७–६(८–६) को सेटमा जित निकाले ।
थिएम यसअघि तीन मुख्य फाइनलमा पराजित भएका थिए । यस पटक समेत सुरुवाती दुई सेटको नतिजाले सोही बाटो देखाएको थियो । तर उत्कृष्ट पुनरागमनका साथ थिएमले यूएस ओपन टेनिसको उपाधिमा कब्जा जमाएका हुन् ।
'कामना गरौ, आज दुवै जना विजेता हुन्थ्यौ भने । हामी दुवै यसका लायक थियौ ।' थिएमले भने ।
दुवै जनाले युनियर अवस्थाबाटै एक अर्कोसंग परिचित थिए ।
थिएम सन् २००४ को फ्रेन्च ओपनमा अर्जेन्टिनीका गेस्टन गाडियापछि दुई सेट गुमाएर फाईनल जित्ने पहिलो खेलाडी बनेका छन् ।