एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले इंग्ल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेल्ने भएका छन् ।
पूर्व कप्तान समेत रहेका स्मिथले टाउकोमा लागेको चोटको कारण पहिलो खेल गुमाएका थिए ।
अभ्यासको क्रममा टाउकोमा चोट लाग्दा ३१ वर्षीय ब्याट्सम्यानको मस्तिष्कमा समस्या समेत देखिएको थियो ।
पहिलो खेल अघि कोचिङ स्टाफको थ्रो बलले स्मिथको टाउकोमा लाग्दा उनले चोट बोकेका थिए ।
तर, मस्तिष्कको समस्याबाट मुक्त भएसँगै स्मिथले दोस्रो खेल खेल्न योग्य भएका हुन् ।
क्रिकेट अष्ट्रेलियाले स्मिथ खेलका लागि योग्य भएको जनाएको छ ।
घरेलु टिमविरुद्धको सिरिजमा अष्ट्रेलिया १-० ले अघि रहेको छ ।
स्मिथ बिना मैदान उत्रेको अष्ट्रेलियाले पहिलो खेलमा १९ रनको जित निकालेको थियो ।
अष्ट्रेलिया र इंग्ल्यान्डबीचको दोस्रो खेल आज म्यानचेस्टरमा हुँदैछ ।