एजेन्सी । नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।
बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।
आइतबार बिहान भएको खेलमा जापानी खेलाडी ओसाकाले पहिलो सेट गुमाएपनि लगातार दुई सेटमा जित निकाल्दै उपाधिमाथि कब्जा गरिन् ।
उनले १–६, ६–३ र ६–३ को सेटमा जित निकालेकी हुन् ।
उनले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिईन् । उनले फाइनल पुगेका सबै ग्रास्डस्लाम जित्ने कीर्तिमान कायम गरेकी छिन् ।
ओसाकाले अजारेन्कालाई ठट्टा गर्दै भनिन्, ‘म तपाईसंग कुनैपनि फाइनलमा खेल्न चाहदिन । मलाई वास्तममा मज्जा आयो । यो मेरा लागि निकै कठिन खेल थियो ।’
‘यो वास्तवमा मेरा लागि निकै प्रेरणादायी थियो । किनकी जब म सानो थिए, म तपाईको खेल हेर्ने गर्दथे । मैले धेरै सिकेको छु । त्यसैले तपाईलाई धन्यवाद ।’ उनले भनिन् ।