एजेन्सी । भारतका चर्चित क्रिकेट कमेन्टेटर आकाश चोपडाले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई टिम बाहिर राख्दै इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने दिल्ली क्यापिटल्सको प्लेइङ-११ सार्वजनिक गरेका छन् ।
आकाशले शुक्रबार सार्वजनिक गरेको दिल्लीको सम्भावित प्लेइङ-११ मा सन्दीपलाई टिम बाहिर राखेका हुन् ।
आकाशले लेग स्पिनर सन्दीपको स्थानमा भारतका अनुभबी खेलाडी अमित मिश्रालाई स्थान दिएका छन् । आकाशले रविचन्द्र आश्विन, अक्षर पटेल र अमितलाई प्लेइङ सेटमा राख्दा सन्दीपलाई बाहिर राखेका हुन् ।
एक खेलमा ४ विदेशी खेलाडीलाई खेलाउन सकिने प्राबधान रहे पनि आकाशले दिल्लीले ३ विदेशी खेलाउने अनुमान गरेका छन् । सिम्रन हिट्मायर, एलेक्स क्येरी र कागीसो राबाडलाई प्लेइङ ११ मा समेट्दै आकासले प्लेइङ-११ तयार गरेका छन् ।
टिममा शिखर धवन, पृथ्वी श, श्रेयस आएर, सिम्रन हिट्मायर, ऋषब पन्त, एलेक्स केरी, रविचन्द्र आश्विन, अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा र कागीसो राबडा रहेका छन् ।
सन्दीपलाई टिममा नराखेपनि आकाशले उनको तारिफ गर्दै क्यारिबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेको बताए । आकाशले यस पटक दिल्लीमा थुप्रै विकल्प रहेको कारण सन्दीप लगायत अन्य उत्कृष्ट खेलाडी मैदान बाहिर रहने सम्भावना समेत रहेको बताए ।
'सन्दीपल भर्खरै सीपीएलबाट आएका छन् । राम्रो लयमा देखिएका छन्,' आकाशले भने, 'अमित मिश्र र सन्दीपलाई सँगै मैदानमा ? दिल्लीसँग धेरै विकल्प रहेको छ । यो पटक मिश्रलाई हेरौं ।'
यस संस्करणमा दिल्लीको टिम निकै बलियो देखिएको उनले बताए । दिल्ली यस संस्करण उपाधिको दाबेदार टिम रहेको पनि आकाशले बताए।
१३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) यहि सेप्टेम्बर १९ बाट सुरु हुँदैछ । कोरोना माहामारीको कारण भारतमा आयोजना सम्भब नभएपछी यसपटक आईपीएल युएईमा आयोजना हुँदै छ ।
नेपालका ग्लोबन आइकन सन्दीप सीपीएल सकिय लगत्तै वेष्ट इण्डिजबाट आईपीएलको लागि युएई प्रस्थान गरिसकेका छन् । सन्दीपले लगातार तेस्रो पटक आईपीएल खेल्न लागेका हुन् ।