एजेन्सी । सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
क्वार्टरफाइनलको खेलमा बुग्लेरियन खेलाडी स्वेताना पिरोनकोवालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै सेरेना अन्तिम ४ मा प्रवेश गरेकी हुन् ।
जितसंगै सेरेनाले कीर्तिमानी २४ औं ग्रान्डस्लाम उपाधि जित्ने सम्भावनालाई जिवितै राखेकी छिन् ।
अमेरिकाकी ६ पटककी च्याम्पियन ३८ बर्षिया सेरेनाले खेलको सुरुवातमा संघर्ष झेल्नु परेको थियो ।
भेट्रान खेलाडी सेरेनाले फाइनल प्रवेशका लागि पूर्व विश्व नम्बर १ भिक्टोरिया अजारेन्कासंग खेल्नेछिन् ।
सेरेनाले पछिल्ला ३ वर्षमा पाँचौ ग्रान्डस्लामको फाइनलमा पुग्न फेरी एक सुस्त सुरुवात गर्न नसकिने बताएकी छिन् ।
सेरेनाले पछिल्लो पटक २०१४ मा यूएस ओपन टेनिसको उपाधि जितेकी थिईन् ।
‘म बिहिबार फेरी खेल्नेछु । मलाई लगातार खेल्ने बानी छ । मलाई यो पत्ता लगाउन आवश्यक छ, थोरै छिटो कसरी सुरुवात गर्न सकिन्छ ।’ सेरेनाले भनिन् ।
‘म भिडेको छु । मैले कहिल्यै हार मानेकी छैन । तिमीलाई अघि बढिरहन आवश्यक छ ।’ उनले भनिन् ।