एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द जमैका तलाबाजले जितका लागि ट्रिनबागो नाइट राइडर्सलाई १ सय ८ रनको लक्ष्य दिएको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनायो ।
ट्रिनबागोविरुद्ध खराब ब्याटिङ गरेको जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए ।
यस्तै कप्तान रोभम्यान पोवेलले ३३ रन बनाए । कार्लोस ब्रेथवेट १३ रनमा अविजित रहे ।
जमैकालाई सस्तैमा समेट्न ट्रिनबागोका जेरोमी होसिनले ३ विकेट लिए । खारी पेरीको नाममा २ विकेट रह्यो ।
ट्रिनबागोविरुद्ध सन्दीप प्लेइङ सेटमा रहेका छन् । सन्दीपले यस अघिका १० खेलमा १२ विकेट लिएका थिए ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेका छन् ।
यस खेलको विजेताले फाइनलमा गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ ।