एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फ्रेन्चाईज टिम दिल्ली क्यापिटल्सका सहायक फिजियो थेरापिस्टलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
दिल्लीले आइतबार टिमको सहायक फिजियोलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
युएई पुगेपछि गरिएको तेस्रो चरणको परिक्षणमा सहायक फिजियोलाई कोरोना देखिएको दिल्लीले जनाएको छ ।
कोरोना देखिएपछि फिजियो क्वारेन्टिनमा रहेको समेत जनाएको छ ।
कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले आईपीएलको पहिलो खेलमा किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ ।
सन्दीप अहिले सीपीएलमा व्यस्त रहेका छन् ।
सीपीएल सकिएपछि सन्दीप युएई जाने छन् ।