एजेन्सी । इंग्ल्यान्डका ब्याट्सम्यान जोस बट्लरले अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टी गुमाउने भएका छन् ।
पारिवारिक काममा जानु पर्ने भएपछि बट्लरले अन्तिम खेल गुमाउने भएका हुन् ।
व्यक्तिगत कारण देखाएर बट्लरले टिम छाडेको क्रिकइन्फोले जनाएको छ ।
इंग्ल्यान्डले मंगलबार अन्तिम टी-ट्वान्टी खेल खेल्दैछ ।
इंग्ल्यान्डले तीन खेलको सिरिज एक खेल अगाबै २-० ले जितिसकेको छ ।
घरेलु टोलीलाई सिरिज दिलाउन बट्लरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
दोस्रो टी-ट्वान्टीमा बट्लरले अविजित ७७ रन बनाएर इंग्ल्यान्डलाई सिरिज दिलाएका थिए ।
यस अघि उनले पहिलो टी-ट्वान्टीमा ४४ रन बनाएका थिए ।
अष्ट्रेलियाले टी-ट्वान्टी सिरिजपछि इंग्ल्यान्डसँग एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज सेप्टेम्बर ११ बाट सुरु हुनेछ ।
एकदिवसीय सिरिजमा भने बट्लर उपस्थित हुने छन् ।