एजेन्सी । बंगालदेशका बलर मुस्ताफिजुर रहमानले यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न नपाउने भएका छन् ।
बंगलादेश क्रिकेट बोर्डले आईपीएलका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिन अस्विकार गरेपछि रहमानले आईपीएल खेल्न नपाउने भएका हुन् ।
बंगलादेश क्रिकेटका अप्रेसन चेयरमेन अक्रम खानले रहमानलाई बोर्डले एनओसी नदिएको पुष्टि गरेका छन् ।
२४ वर्षीय बलर आईपीएलको कुनैपनि टिममा छैनन् । तर, उनलाई कोलकत्ता नाइट राइडर्सले अनुबन्ध गर्ने तयारी गरेको थियो ।
कोलकत्ताले चोट बोकेका ह्यारी गुर्नेको स्थानमा रहमान अनुबन्ध गर्ने तयारी गरेको थियो ।
बंगलादेशको श्रीलंका भ्रमणको कारण उनलाई एनओसी नदिईएको बताईएको छ ।
बंगलादेशले यहिँ अक्टोबर देखि नोभेम्बरसम्म श्रीलंका भ्रमण गर्दैछ ।
कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।