एजेन्सी । अमेरिकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
न्युयोर्कमा बिहीबार राति रुसी खेलाडी मर्गारिटा गास्पर्यानलाई हराएर सेरेना तेस्रो चरणमा पुगेकी हुन् ।
६ पटकको च्याम्पियन सेरेनाले रुसी खेलाडीमाथि ६-२ र ६-४ को सेटमा जित निकालिन ।
३८ वर्षीय सेरेनाले अब आफ्नै देशकी सलोनी स्टेफेन्ससँग खेल्ने छिन् । उनी २०१७ को च्याम्पियन समेत हुन् ।
'उनी राम्रो खेलाडी हुन् । उनले एकै लयमा खेल्छिन् ।' सेरेनाले स्टीफेन्सको बिषयमा भनिन्, 'लाग्छ, उनले कुनै शक्ति लिएकी छैनिन्, तर उनी पाँच पटककी विजेता हुन् । यो सजिलो हुने छैन ।'
बेलायती खेलाडी जोहान्ना कोन्टा भने बाहिरिएकी छिन् । दोस्रो चरणमा कोन्टा रोमानियाकी सोरोना क्रिस्टियासँग २-६, ७-६ (७-५) र ६-४ ले पराजित भईन् ।
पुरुषतर्फ एन्डी मर्रे दोस्रो चरणबाट बाहिरिएका छन् ।
बेलायती मर्रे क्यानडाका फेलिक्स अगरसँग ६-२,६-३ र ६-४ को सेटमा पराजित भए ।
अष्ट्रियाका डोमिनिक थिमले तेस्रो चरणमा स्थानम बनाएका छन् । उनले भारतका सुमित नागललाई ६-२,६-३ र ६-२ ले पराजित गरे ।