एजेन्सी । भारतको इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फ्रेन्चाइज टिमले वार्मअप खेलको माग गरेका छन् ।
लामो समयबाट खेलाडी मैदान बाहिर रहेको भन्दै अधिकांश टिमहरुले वार्मअप खेलको चाहना देखाएका हुन् ।
आयोजक भारतीय क्रिकेट बोर्डले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्ने तयारी गर्दै गर्दा फ्रेन्चाइजले टिमले बोर्डलाई वार्मअपको लागि अनुरोध गरेका छन् ।
अघिकांश टिमले उद्घाटन खेलअघि वार्मअप खेलको राख्नु पर्ने धारणा ब्यक्त गरेका छन् ।
'प्रतियोगिता अघि केही प्रतिस्पर्धात्मक खेल खेल्न पाए राम्रो हुने थियो,' एक फ्रेन्चाइज टिमका अधिकारीले भनेका छन् ।
यस्तै अर्का फ्रेन्चाइज टिमका सीइओले समेत वार्मअप खेलको लागि पूर्ण समर्थन रहेको बताएका छन् ।
'वार्मअप खेलको लागि प्रस्ताव गर्नु हुनेको लागि हाम्रो पूर्ण समर्थन छ,' नाम नखुलाईएको टिमको सीइओले भने ।
ब्रोड्कास्टर समेत वार्मअप खेलको पक्षमा रहेको रिपोर्टमा बताइएको छ । वार्मअपले दर्शकमा समेत नियमित खेल हेर्न बानी बस्ने भन्दै ब्रोड्कास्टरले त्यसमा चासो देखाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
१३ औं संस्करणको आईपीएल सुरु हुन अब २० दिन भन्दा कम समय रहेको छ । प्रतियोगिता सेप्टेम्बर १९ देखी नोभेम्बर १० सम्म संचालन हुनेछ ।
कोरोना माहामारीको कारण भारतमा सम्भव नभएपछी यस पटकको प्रतियोगिता दुबईमा हुन लागेको हो ।
प्रतियोगिताको लागि फ्रेन्चाइज टिमहरु दुबई पुगिसकेका छन् र अभ्यासमा ब्यस्त छन् । तर, प्रतियोगिता नजिकिदै गर्दा खेल तालिका भने अझै सार्वजनिक भएको छैन ।
यस संस्करणको आईपीएल ३ फरक भेन्युमा हुनेछ ।