एजेन्सी । न्युजिल्याण्ड क्रिकेट टिमका मुख्य प्रशिक्षक ग्यारी स्टेडले सन् २०२३ को विश्वकपसम्म टिम हेर्ने भएका छन् ।
मुख्य प्रशिक्षक ग्यारीले न्युजिल्याण्ड क्रिकेट बोर्डसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै ग्यारी अर्को विश्वकपसम्म न्युजिल्याण्ड क्रिकेट टिमका मुख्य प्रशिक्षक रहने भएका छन् ।
४८ वर्षीय ग्यारी सन् २०१८ मा न्युजिल्याण्डको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
माइक हेसनले राजीनामा दिएपछि ग्यारी मुख्य प्रशिक्षक चुनिएका थिए ।
ग्यारीको नेतृत्वमा न्युजिल्याण्ड सन् २०१९ को विश्वकपको फाइनल पुगेको थियो ।
तर, फाइनलमा न्युजिल्याण्ड इंग्ल्यान्डसँग पराजित भएको थियो ।
'पुन:नियुक्त हुँदा सम्मानको महसुस गरेको छु,' न्युजिल्याण्डका पूर्व ब्याट्सम्यान समेत रहेका ग्यारीले भने ।