एजेन्सी । अमेरिकामा आयोजना हुने टेनिसको ग्राण्डस्लाम प्रतियोगिता युएस ओपन आज (सोमबार) बाट सुरु हुँदैछ ।
कोरोना भाईरसको महामारीको बाबजुत युएस ओपन न्युयोर्कमा सुरु हुन लागेको हो ।
कोरोनाको महामारी सुरु भएपछिको यो पहिलो ग्राण्डस्लाम प्रतियोगिता समेत हो ।
चार ग्राण्डस्लाम प्रतियोगिता मध्ये अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन यस वर्ष हुने छैन ।
यस पटकको युएस ओपनमा केहि ठुला खेलाडीले भने सहभागिता जनाउने छैनन् ।
पुरुषतर्फ साविक विजेता राफायल नाडालले खेल्ने छैनन् ।
तर, विश्व नम्बर एक नोभाक जोकोभिच, डोमिनिक थिम, एन्डी मर्रे, डेभिड गोफिन, एलेक्जेन्डर जेभरेब लगायतका खेलाडीले युएस ओपन खेल्ने छन् ।
सर्बियन जोकोभिचले पहिलो खेलमा बोस्नियाका दामिर जुमहुरविरुद्ध खेल्ने छन् । बेलायती मर्रेले जापानी खेलाडी योशिहितो निशिओकासँग पहिलो खेल खेल्ने छन् ।
महिलातर्फ विश्व नम्बर एक एस्लेईघ बार्टी, दोस्रो वरियताका सिमोना हालेपसहित एलिना स्विटोलिना, किकी बेर्टेन्स लगायतले खेलाडीले युएस ओपन खेल्ने छैनन् ।
तर, नाओमी ओसाका, सोफिया किन, सेरेना विलियम्स, पेट्रा केभिटोभा, कारोलिना प्लिस्कोभा, माडिसन किजलगायतले खेल्ने छिन् ।