काठमाडौं । ब्याडमिन्टनका सबै राष्ट्रिय खेलाडी र प्रशिक्षकहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना परिक्षण गरिएको १८ खेलाडी र एक प्रशिक्षकको रिपोर्ट नेगेटिभ आएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा बुधबार खेलाडी र प्रशिक्षकको कोरोना परिक्षण गरिएको थियो ।
शुक्रबार आएको रिपोर्टमा सबै खेलाडी र प्रशिक्षकको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना परिक्षण गरिएको महिला खेलाडीमा सिता राई, अनु राई, शोभा गौचन, रशिला महर्जन, अमिता गिरी र रोज पाण्डे रहेकी छिन् ।
पुरुषतर्फ रत्नजित तामाङ, विजित थापा मगर, बिष्णु कटुवाल, साजन कुमार ताम्रकार, जीवन आचार्य, पबिन लिंगथेप, प्रफुल महर्जन, रुकेश महर्जन, प्रिन्स दाहाल,सुनिल जोशी, निराजन बिक्रम शाही र सुमन लिम्बु रहेका छन् ।
यस्तै प्रशिक्षकमा चोई सिउंग कुक रहेका छन् ।
राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका खेलाडीहरुको कोरोना परिक्षण गरिएको हो । खेलाडीको कोरोना नेगेटिभ आएपछि प्रशिक्षण जारी रहने भएको छ ।