काठमाडौं । ब्याडमिन्टनका राष्ट्रिय खेलाडी र प्रशिक्षकहरुको कोरोना परिक्षण गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा बुधबार खेलाडी र प्रशिक्षकहरुको कोरोना परिक्षण गरिएको हो ।
ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले खेलाडी र प्रशिक्षक गरी १९ जनाको कोरोना परिक्षण भएको बताए ।
बुधबार महिलातर्फ सिता राई, अनु राई, शोभा गौचन, रशिला महर्जन, अमिता गिरी र रोज पाण्डेको परिक्षण गरिएको छ ।
पुरुषतर्फ रत्नजित तामाङ, विजित थापा मगर, बिष्णु कटुवाल, साजन कुमार ताम्रकार, जीवन आचार्य, पबिन लिंगथेप, प्रफुल महर्जन, रुकेश महर्जन, प्रिन्स दाहाल,सुनिल जोशी, निराजन बिक्रम शाही र सुमन लिम्बुको कोरोना परिक्षण गरिएको छ ।
यस्तै प्रशिक्षक चोई सिउंग कुकको पनि कोरोना परिक्षण गरिएको छ ।
त्यस्तै ब्याडमिन्टनसहित अन्य खेलका खेलाडी र अफिसियल गरी करिब २ सय जनाको परिक्षण गरिएको राखेपले जनाएको छ ।