काठमाडौं । एशियन गेम्स अन्तर्गत नेपालले प्याराग्लाईडिङमा रजत पदक जितेको छ । अन्तिम चरणको खेलको उत्कृष्ट प्रर्दशन गर्दै नेपालले रजत पदक जित्न सफल भएको हो ।
नेपालले पुरुष टिम क्रस कन्ट्री स्पर्धामा ११ हजार ३ सय ६४ अंक ल्याएर रजत जित्न सफल भएको हो । स्वर्ण जितेको जापानले १२ हजार ३ सय ९२ अंक जोड्यो ।
अन्तिम चरणको खेलमा नेपालका सबै खेलाडीले सफल अवतरण गरेका थिए । जापानका दुई खेलाडी अवतरणमा असफल भएपछि नेपालले स्वर्ण हात पार्ने सम्भावना बढेको थियो ।
बक्सिङ, तेक्वान्दो र कराँतेमा नेपालको पदकको सम्भावना सकिएपछि नेपालले प्याराग्लाईडिङमा पदकको आश गरेको थियो ।
अन्तिम चरणको खेलमा उत्कृष्ट प्रर्दशन गरेसंगै नेपालले एसियाली खेलकुदमा ईतिहास रच्न सफल भएको हो ।
यसअघि नेपालले एसियन गेम्समा कराँतेतर्फ एक मात्र रजत पदक जितेको छ ।
योसंगै नेपालले एसियन गेम्समा २ रजत पदक प्राप्त गर्न सफल भएको छ ।