काठमाडौं । एशियन गेम्स अन्तर्गत प्याराग्लाईडिङमा नेपालले कम्तिमा रजत पदक जित्ने पक्का भएको छ ।
अन्तिम चरणको खेलको समाप्तिमा नेपालको कम्तिमा रजत पदक प्राप्त हुने प्रशिक्षक योगेश भट्टराईले बताएका छन् ।
नेपालले पुरुष टिम क्रस कन्ट्री स्पर्धामा पदक जित्ने निश्चित गरेको हो ।
नेपालका सबै खेलाडीले सफल अवतरण गरेकाले नेपालले स्वर्ण जित्ने समेत सम्भावना रहेको छ ।
नेपालको प्रतिद्न्दी जापानका दुई खेलाडी अवतरणमा असफल भएपछि नेपालको स्वर्णको सम्भावना पनि देखिएको हो ।
आधिकारिक नतिजा अहिले केहीबेरमा घोषणा हुनेछ ।
योसंगै एशियन गेम्समा नेपालले पदक हात पार्ने निश्चित भएको हो ।