काठमाडों । पोखरामा व्यवसायीक रूपमा फष्टाएको प्याराग्लाइडिङले खेलको रूप लिँदै गएको छ । १८ औं एशियाली खेलकुदमा नेपालबाट प्याराग्लाइडिङ खेल खेल्न जाने भए पछि खेलाडीहरू उत्साहीत भएका छन् ।
इण्डोनेशियाको जाकर्तामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउने खेलाडीको बुधबार छनोट समेत गरिएको छ । बुधबार भएको एकुरेसी प्रतिस्पर्धा र अघिल्लो प्रतिस्पर्धाको नम्बरलाई जोडेर खेलाडी छनौट गरेको नेपाल हवाइ खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईले बताए ।
एशियाली खेलकुदमा नेपालबाट इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसी र टिम क्रसकन्ट्रीमा प्रतिष्पर्धा गर्दैछ। तीन वटै इभेन्टमा सहभागीता जनाउन २१ जना खेलाडी छनौट भएका छन् ।
एशियाली खेलमा पहिलो पटक समावेश हुन लागेको शाहसिक खेल प्याराग्लाइडिङ आमन्त्रित खेलका रुपमा रहने नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले बताएका छन् ।
टिम क्रसकन्ट्रीमा विश्वमा टप टेन भित्र नेपालका ६ जना खेलाडी समेत रहेका छन् । नेपालले अन्य देशमा भएका प्रतियोगितामा राम्रो प्रर्दशन गरेका कारण मेडल जित्ने रावत बताउछन् ।