काठमाडौं । इटालीमा सम्पन्न मिगु रन स्काई रनर वर्ल्ड सिरिजमा नेपालकी अल्ट्रा धाविका मिरा राईले तेस्रो स्थान हासिल गरेकी छिन् ।
आइतबार सम्पन्न पाँचौ संस्करणको सिरिज अन्तर्गत ट्रोफी किमा दौडमा मिराले तेस्रो स्थान हासिल गरेकी हुन् ।
इटालीको भाल मासिनोमा सम्पन्न दौडमा मिराले ५२ किमीको दुरी ७ घण्टा ४१ मिनेट ४६ सेकेण्डमा पुरा गरिन् ।
नेसनल ज्योग्राफिकको वर्षकै साहसी व्यक्तिको उपाधि जितिसकेकी मिरा पहिलो हुने भन्दा ४ र दोस्रो हुने खेलाडी भन्दा २ मिनेटले पछि परेकी थिइन् ।
दौडको उपाधि अमेरिकी खेलाडी हिलारी गेराडीले जितिन । उनले निर्धारित दुरी ७ घण्टा ३७ मिनेट २९ सेकण्डमा पुरा गरेकी थिइन् । यस्तै दोस्रो भएकी जिम्बाबेकी रोब्यन ओवेनले ७ घण्टा ३९ मिनेट ०१ सेकेण्डको समय निकालिन ।