एजेन्सी । चीनका सुपर स्टार ब्याडमिन्टन खेलाडी लिन डानले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
पाँच पटकको विश्व च्याम्पियन तथा दुई पटकको ओलम्पिक च्याम्पियन लिनले शनिबार सन्यास घोषणा गरेका हुन् ।
३६ वर्षे लिन ब्याडमिन्टनका महान खेलाडीमा पर्ने गर्छन ।
उनले सन् २००८ को बेईजिङ ओलम्पिक र २०१२ को लण्डन ओलम्पिकमा पुरुष एकलमा स्वर्ण जितेका थिए ।
पाँच पटक विश्व च्याम्पियन बनेका उनले ६ पटक अल इंग्ल्यान्डको उपाधि जितेका थिए ।
उनी लामो समय ब्याडमिन्टनको वरियताको शीर्ष स्थानमा रहेका थिए ।
लिनको कठिन प्रतिद्वन्द्वी मलेसियन खेलाडी लि चोङ वुई रहदै आएका थिए । दुईबीचको ४० भिडन्तमा लिनले २८ खेल जितेका थिए ।