काठमाडौं । पाँचौ संस्करण गोदावरी रनिङ फेष्टिबल आगामी सेप्टेम्बरमा हुने भएको छ । आयोजक बेस क्याम्प आउटडोरले आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै रनिङ फेस्टिबल सेप्टेम्बर ८ मा ललितपुरको गोदावरीमा हुने जनाएको हो ।
गोदावरी रनिङ फेस्टिबलको यस संस्करणमा पाँच स्पर्धा समावेस गरिएको छ । फेस्टिबलमा ५ किलोमिटरको यति दौड, ५० किलोमिटर अल्ट्रा दौड, सुन्टो ३० किलोमिटरको ट्रेल दौड, १५ किलोमिटरको ट्रेल दौड र २ किलोमिटरको किड्स अबस्ट्याकल दौड रहेका छन् ।
फेस्टिबलको मुख्य आकर्षणको रुपमा रहने ५० किलोमिटरको अल्ट्रा दौड गोदावरीबाट सुरु भएर बिशंखु नारायण, कोट डाँडा, लाकुरी भन्ज्याङ, रानीकोट, पर्खाल चौर, खानीगाँउ, चापाखर्क, फुल्चोकी, लेले भन्ज्याङ र बढिखेल हुँदै गोदावरीमा आएर टुंगिनेछ । ३० किलोमिटर ट्रेल दौड गोदावरीबाट सुरु भएर चापाखर्क पुगी पुन गोदावरी आएर टुंगिनेछ ।
प्रत्येक बर्ष आयोजना हुने फेस्टिबलको लागि यसपटक पनि जुम्लाको कर्णाली स्पोर्टस क्लबबाट खेलाडी आउने आयोजकले जनाएको छ । विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।