एजेन्सी । युएस ओपन टेनिस अगष्ट अन्तिम साताबाट आयोजना हुने भएको छ ।
युएस टेनिस एसोसियसनले प्रतियोगिता अगष्ट ३१ बाट १३ सेप्टेम्बरसम्म आयोजना हुने जनाएको छ ।
तर, कोरोना भाईरसलाई मध्येनजर गर्दै प्रतियोगिता दर्शक बिना आयोजना गरिनेछ ।
न्युयोर्कका गर्भनरले आयोजनाको लागि अनुमति दिएपछि ग्राण्डस्लाम प्रतियोगिताको मिति तय भएको हो ।
कोरोनाको कारण गत मार्चबाट टेनिसको कुनैपनि व्यावसायीक प्रतियोगिता भएको छैन ।
यस्तै कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने देश अमेरिका रहेको छ । अमेरिकामा मात्रै कोरोनाले १ लाख बढीको ज्यान गईसकेको छ ।