'सेरेना युएस ओपन खेल्न चाहन्छिन्'

एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले यस वर्षको युएस ओपन खेल्न चाहेको प्रशिक्षक प्याट्रिक मौराटोउग्लोउले बताएका छन् ।
बीबीसी रेडियोसँग कुरा गर्दै प्रशिक्षक प्याट्रिकले विलियम्स न्युयोर्कमा खेल्न मन पराउने बताएका हुन् ।
यस वर्षको युएस ओपन अगष्ट ३१ मा सुरु हुने बताईएको छ । तर, कोरोना भाईरसको महामारीको कारण युएस ओपन हुनेमा अन्योलता रहेको छ ।
पक्कै पनि उनी टेनिसमा पुनरागमन गर्न चाहन्छिन् । ग्राण्डस्लाम जित्ने उनको लक्ष्य हो,' उनले भने, 'युएस ओपन जित्ने उनलाई पहिलो मौका छ । उनीसंग कुरा हुन्छ उनको इच्छा युएस ओपन खेल्ने छ ।'
पूर्व विश्व नम्बर एक सेरेनाले ६ पटक युएस ओपन जितेकी छिन् । गत वर्ष उनी फाइनल पुगेकी थिइन् ।
यस्तै सन् २०१७ को सेप्टेम्बरमा बच्चाको आमा बनेपछि सेरेनाले पहिलो उपाधिको रुपमा गत वर्ष अकल्याण्ड ओपन जितेकी थिइन् ।
कोरोनाको कारण यस सिजन ब्यबसायिक टेनिस भएको छैन । एटिपी टुर जुलाई ३१ सम्म स्थगित गरिएको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)