एजेन्सी । अष्ट्रियाका टेनिस स्टार डोमिनिक थिमले एड्रिया टुर अन्तर्गतको पहिलो लेगको उपाधि जितेका छन् ।
सर्बियाको बेलग्रेडमा आइतबार भएको फाइनलमा सर्बियाका फिलिप क्राजिनोभिकलाई पराजित गर्दै डोमिनिकले उपाधि जितेका हुन् ।
विश्व नम्बर ३ डोमिनिकले फिलिपमाथि ४-३, २-४ र ४-२ को सेटमा पराजित गरे ।
कोरोना भाईरसको महामारीपछि सर्बियन टेनिस स्टार नोभाक जोकोभिकले पहिलो पटक यस प्रदर्शनी प्रतियोगिता आयोजना गरेका हुन् । जोकोभिक भने फाइनल पुग्न सकेनन् ।
लामो समय कोर्ट बाहिर रहेका खेलाडीको फिटनेसलाई फिर्ता ल्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता मा ४ हजार दर्शक उपस्थिति रहेको थियो ।
प्रतियोगिता अन्तर्गत दोस्रो लेगको प्रतियोगिता क्रोएसियाको कोस्टल रिसोर्टमा जुन २०-२१ सम्म हुनेछ । मोन्टेनग्रोमा तय भएको तेस्रो लेग भने रद्द भएको छ । यस्तै फाइनल चरणको प्रतियोगिता बोन्सियाको बान्जा लुकामा जुलाई ३ र ४ मा हुनेछ ।
कोरोनाको कारण गत मार्चबाट टेनिस प्रतियोगिता स्थगित गरिएको छ । एटिपी टुर जुलाई ३१ सम्म स्थगित गरिएको छ ।