एजेन्सी । रोजर फेडेररले चोटका कारण यस बर्षको पुरा सिजन बाहिर रहने भएका छन् । खुट्टाको चोटका कारण फेडेरर यस बर्षको बाँकी सिजन कोर्ट बाहिर रहने पक्का भएको हो ।
२० पटकका ग्रान्डस्लाम विजेताले गत फेब्रुअरीमा शल्यक्रिया गरेका थिए । पुर्नस्थापनाको क्रममा रहेका फेडेररले आफुलाई चोटको महशुश भएको बताएका छन् ।
कोरोना भाईरसका कारण व्यवसायीक टेनिस मार्चबाट स्थगित अवस्थामा रहेको छ ।
‘सन् २०२१ को सिजको सुरुवातमा कोर्टमा फर्कन उत्सुक छु ।’ ३८ बर्षका स्विस खेलाडीले भनेका छन् ।
जनवरीमा अष्ट्रेलियन ओपनको सेमिफाईनलमा नोभाक जोकोभिचसंग पराजित भएपछि फेडेरर खेलमा देखिएका छैनन् ।
चोटका कारण उनले सन् २०१६ को सिजनका अधिकांश खेल गुमाउन पुगेका थिए । चोटबाट फर्किएपछि फेडेररले अष्ट्रेलियन ओपन र विम्वल्डन ओपन टेनिस जितेका थिए ।
उनले बुधबार ट्वीटरमा लेख्दै पुर्नस्थापनाको क्रममा नराम्रो झट्का महशुश भएको बताए ।
फेडेररले भनेका छन्, ‘अब, सन् २०१७ को सिजनसम्म मैले धेरै गरे । म आफ्नो उच्च स्तरमा खेल्नका लागि सय प्रतिशत तयार रहन आवश्यक समय लिने योजना बनाएको छु ।’
एटीपीको टूर कोरोनाका कारण जुलाईको अन्तिमसम्म स्थगित अवस्थामा छ । यस्तै, यूएस ओपन अगष्ट ३१ र फ्रेन्च ओपन सेप्टेम्बरको २० बाट सुरु गर्ने तालिका रहेको छ ।