बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुम्फु
Bhat Bhateni Supermarket Ad

नेपाललाई चार स्वर्ण

मंगलबार, २० जेठ २०७७खेलपाटी संवाददाता
नेपाललाई चार स्वर्ण
mustang rice ad

काठमाडौं । अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण पदक जितेका छन् ।

विश्व मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) ले आयोजना गरेको अनलाइन प्रतियोगितामा नेपालले ४ स्वर्णसहित २ रजत र १ कांस्य गरि कुल ७ पदक जितेको हो ।

प्रतियोगितामा नेपालका कमल मगर र सञ्जयराज पुटुवारले भने दोहोरो पदक जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिए ।

 पुरुष ताइचीको सफ्ट स्टायलमा कमलले स्वर्ण जिते भने नन् ट्रेडिसनल वेपनमा कांस्य हात पारे । पुरुषतर्फ सञ्जयले सफ्ट स्टायल तथा ट्रेडिसनल वेपन दुवै विधामा रजत प्राप्त गरे ।

महिला ताइचीको सफ्ट स्टायलमा मुन्नी सुवेदी लामा तामाङले स्वर्ण जित्न सफल भइन् । महिला ताइचीमा जमुना गुरुङ तथा पुरुष फम्स विथ म्युजिकमा सुदीप श्रेष्ठले स्वर्ण जिते ।

प्रतियोगिता अस्ट्रियाको ब्रिगेन्जमा मे २८ देखि ३० तारिखसम्म भएको थियो । प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका २ सय ३३ खेलाडीले प्रतिस्पर्धा गरेको अध्यक्ष लामाले जानकारी दिए । नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका हुन् ।

खेलाडीले आफूले सहभागिता जनाउने स्पर्धाको १ देखि ३ मिनेट सम्मको श्रब्यदृष्य डब्लुएमएसीमा पठाउनु पर्ने थियो । एक स्पर्धाका लागि खेलाडीले १५ युरो दर्ता शुल्क तोकिएको थियो । एक भन्दाबढी स्पर्धामा भाग लिनु पर्ने भए अत्तिरिक्त ५ युरो तिर्नु पर्ने थियो ।

डब्लुएमएसीले कोरोना भाइरस (कोभिड– १९) कारण आफ्नो सम्पूर्ण वार्षिक प्रतियोगिता स्थगित गर्नु परेपछि यो भर्चुअल प्रतियोगिता आयोजना गरेको अध्यक्ष लामाले जानकारी दिए ।

अध्यक्ष लामाले अहिलेको विषम परिस्थितमा पनि भर्चुअल प्रतियोगिता आयोजना गरेर खेलाडीको मनोबल उच्च पार्न सहयोग गरेकोमा डब्लुएमएसीका अध्यक्ष हेराल्ड फोल्लाडोरीलाई धन्यवाद दिए । स्थिति सामान्य नभए नोभेम्बरमा डब्लुएमएसीले भर्चुअल विश्व च्याम्पियनसिप पनि आयोजना गर्न लागेको अध्यक्ष लामाले जानकारी दिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन

३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

Bajaj Pulsar Motorcycle Ad
बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत