काठमाडौं । इन्डोनेसियमा जारी १८ औं एसियन गेम्स अन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका रत्नजित तामाङ र विकास श्रेष्ठ शुक्रबार पराजित भएका छन् ।
रत्नजित दक्षिण कोरियाका खेलाडीसंग २१–८ र २१–११ तथा विकास जापानका खेलाडीसंग २१–९ र २१–१० को सोझो सेटमा पराजित भए ।
महिला डबल्समा नेपालका अमिता गिरी र रशिला महर्जनको जोडीलाई दक्षिण कोरियाली जोडीले २१–७ र २१–१ ले सहजै हराए ।
नेपालले शनिबार दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । महिला सिंगल्समा नेपालकी नङशल तामाङले जापान तथा पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले इन्डोनेसियाका खेलाडी विरुद्ध खेल्नेछन् ।