काठमाडौं । नेपाली सेनाका भिमबहादुर गुरुङले ‘तेन्जिंग हिलारी एभरेष्ट म्याराथन २०१८’ को उपाधि जितेका छन्। सगरमाथा आधार शिबिरबाट शुरु भइ नाम्चेबजारमा समापन भएको विश्वकै अग्लो उचाइमा आयोजना गरिने तेन्जिंग हिलारी एभरेष्ट म्याराथन २०१८ मा सन् २०१५ को संस्करणको बिजेता रहिसकेका गुरुङले साविक बिजेता सुमन कुलुंगलाइ झन्डै ४ मिनेटले पछि पारे।
गुरुङले ४२।१९५ किलोमिटरको दौड ४ घण्टा २ मिनेट ३० सेकेन्डमा दौड पुरा गरे भने उक्त दौड पुरा गर्न कुलुंगले ४ घण्टा ६ मिनेट १० सेकेन्ड लगाए। त्यस्तै २०१६ संस्करणका बिजेता बेद सुनुवारले ४ घण्टा २८ मिनेट ३५ सेकेन्डको समय सहित तेस्रो स्थान हात पारे । पुरस्कारको राशि क्रमश रु २ लाख, रु १ लाख र रु ७५,००० रहेको छ।
म्याराथन सगरमाथा शिबिरबाट शुरु भइ गोरक्षेप, लोबुचे, डोक्ला, दिन्गबोचे र तेंगबोचे हुँदै नाम्चेबजारमा समापन भएको थियो। प्रतियोगितामा ३१ देशका १३९ बिदेशी सहित झन्डै २०० धावकहरुको सहभागिता रहेको थियो।
त्यस्तै महिला तर्फको स्पर्धामा पुर्णिमा राइ बिजयी भइन्। ५ घण्टा २० मिनेट ५६ सेकेण्डमा दौड पुरा गरेकी पुर्णिमाले निरकला राइ ९५स्२७स्२२० र पदमकुमारी राइ ९५स्५२स्२१० लाई पछी पारिन्।
बिदेशीतर्फको स्पर्धा भने जर्मनीका म्यानुयल सेएरले हात पारे। ५ घण्टा ५९ मिनेट २९ सेकेन्डमा दौड पुरा गरेका म्यानुयलले ुमिराकल म्यानुु उपनामले चर्चित बेलायति धावक जोनाथन ब्याम्बर ९६स्१३स्०६० र न्युजल्यांडका जोशुवा ब्ल्याईलेभेन ९६स्३०स्३८० लाइ पछी पारे।
भारतमा तोपेंदु हिमाल आरोहण क्रममा शिखर नजिकबाट खसेको चट्टानले लागेर जमिनभन्दा १६०० मिटर माथि झुन्डिएर बाँचेका ब्याम्बरलाइ त्याहाँबाट उद्धार गर्न दुइ दिन लागेको थियो भने सुरक्षित स्थलमा पुर्याउन ६ दिन।
हाफ म्याराथनको उपाधि भने न्युजल्याण्डका जेडन क्लिनाकले हात पारे। २१ किलोमिटर लामो दौड उनले २ घण्टा ५९ मिनेट ३५ सेकेण्डमा पुरा गरे। दक्षिण कोरियाका दान कुक वन ९३स्१९स्४५० र भारतका दिपेश सभरवाल ९३स्३७स्३२० क्रमश दोस्रो र तेस्रा भए।
दौड पछि संक्षिप्त प्रतिक्रिया दिंदै म्याराथन बिजेता भिमबहादुर गुरुङले उपाधि फेरी चुम्न पाउँदा खुशी लागेको बताए। ‘सन् २०१५ को जित पछी मैले देश–विदेशका थुप्रै दौडहरुमा सहाभागिता जनाएं। त्यहाँको अनुभवले मलाइ फेरी एभरेष्ट म्याराथन जित्न मद्दत र्गयो’ उनले बताए ।
गत बर्ष दोस्रो स्थानमा चित्त बुझाएकि महिला स्पर्धाकि बिजेता पुर्णिमाले जितले खुशी दिलाएको बताइन् । ‘गत बर्ष दोस्रो भएकोथिएँ, यो बर्ष प्रथम स्थान हासिल गर्दा एकदमै खुशी छु’ सन् २०१६ मा समेत महिला स्पर्धा जितेकी पुर्निमा बताईन्।