एजेन्सी । विश्व टेनिसको सर्वोच्च निकाय एसोसियसन अफ टेनिस प्रोफेसनल (एटीपी) ले कोरोनाबाट प्रभावित टेनिस खेलाडीलाई सहयोग गर्न कोषको स्थापना गरेको छ ।
एटीपीले कोरोना प्रभावित खेलाडीका लागि ६ मिलियन युरोको कोष स्थापना गरेको जनाएको छ ।
यस्तै एटीपीले कोषको रकम बढ्ने समेत जनाएको छ । बेलायती टेनिस स्टार एन्डी मर्रे, नोभाक जोकोभिक लगायतका खेलाडीको सहयोग थपिने एटीपीले जनाएको छ ।
उक्त रकम एटीपी र वुमेन्स टेनिस एसोसियसनले खेलाडीलाई वितरण गर्ने जनाएको छ । खेलाडीको वरीयता र अघिल्लो पटकको कमाईको आधारमा राहत वितरण गरिने छ ।
कोरोनाको कारण विम्बल्डन टेनिस रद्द भएको छ । यस्तै अन्य ठुला प्रतियोगिता स्थगित गरिएको छ ।