इजिप्टका टेनिस खेलाडीलाई आजीवन प्रतिबन्ध
बुधबार, बैशाख २४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इजिप्टमा टेनिस खेलाडी युसेफ होसामलाई टेनिसमा आजीवन प्रतिबन्ध लागेको छ ।
थुप्रै खेलमा म्याच फिक्सिङ गरेको पाईएपछि टेनिस इन्टिग्रिटी युनिटले होसामलाई आजीवन प्रतिबन्ध लगाएको हो ।
२१ वर्षीय टेनिस खेलाडी होसामले सन् २०१५ देखि १९ सम्म एन्टी करप्सनको २१ नियम उलंघन गरेको युनिटले जनाएको छ ।
उनलाई गतव वर्षको मे महिनाबाट निलम्बन गरिएको थियो ।
विश्व वरीयतामा ८२० औं स्थानमा रहेका उनको सर्वाधिक उत्कृष्ट वरीयता २ सय ९१ रहेको छ ।
यस अघि सन् २०१८ मा उनका दाजु करिम होसामलाई पनि आजीवन प्रतिबन्ध लगाईएको थियो ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)