मुर्रेलाई मड्रिड ओपनको उपाधि
शुक्रबार, बैशाख १९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । बेलायती टेनिस स्टार एन्डी मुर्रेले अनलाईन गेम मड्रिड ओपन टेनिसको उपाधि जितेका छन् ।
प्ले स्टेसनको सहयताले खेलिएको मड्रिड ओपनको फाइनलमा मुर्रेले डेभिड गोफिनलाई पराजित गरे । उनले गोफिनमाथि ७-६ (५) को जित निकाले ।
कोरोना भाईरसको महामारीको कारण मड्रिड ओपन टेनिस स्थगित भएपछि अनलाईनको सहायताबाट प्रतियोगिता आयोजना गरिएको थियो ।
उपाधिसँगै मुर्रेले १ लाख ५० हजार युरो प्राप्त गरेका छन् । तर, उनले उपाधि रकम कोरोना प्रभावितका लागि सहयोग गर्ने बताए ।
उनले उपाधिको आधा रकम ४५ हजार डलर नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई सहयोग गर्ने बताए । यस्तै बाँकी रकम भने टेनिस खेलाडीको राहत कोषलाई दिने बताए ।
कोरोनाको कारण विश्व खेलकुद ठप्प रहेको छ । विश्वका ठुला टेनिस प्रतियोगिता समेत स्थगित भएको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)