युएस ओपन आयोजनाको निर्णय जुनमा
शुक्रबार, बैशाख ५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । यस वर्षको युएस ओपन ग्राण्डस्लाम टेनिस प्रतियोगिता हुने नहुनेबारे जुन महिनामा निर्णय गरिने भएको छ ।
कोरोना भाईरसको महामारी कायम रहेपछि चर्चित प्रतियोगिता युएस ओपन समेत अन्योलमा परेको छ । तर, अमेरिकाको टेनिस एसोसियसनले युएस ओपन आयोजनाको निर्णय जुनमा गर्ने बताएको छ ।
न्युयोर्कमा आयोजना हुने प्रतियोगिता अगष्ट ३१ बाट सेप्टेम्बर १४ सम्म हुने तालिका रहेको छ । तर, कोरोनाको कारण न्युयोर्क शहरमा १० हजार बढी मानिसको ज्यान गईसकेको छ ।
कोरोनाले न्युयोर्कमा सबैभन्दा धेरै महामारीको रुप लिएपछि आगामी मे १५ सम्म लकडाउन गरिएको छ ।
यस्तै युएस ओपन दर्शकबिना आयोजना नगरिने समेत टेनिस एसोसियसनले जनाएको छ ।
कोरोनाकै कारण विम्बल्डन टेनिस दोस्रो विश्व युद्धपछि पहिलोपटक रद्द भएको छ । यस्तै फ्रेन्च ओपन समेत सारिएको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)