विश्व युद्धपछि पहिलो पटक विम्बल्डन टेनिस रद्द
बुधबार, चैत १९, २०७६खेलपाटी संवाददाता

एजेन्सी । टेनिसको विश्व प्रसिद्द प्रतियोगिता विम्बल्डन टेनिस रद्द भएको छ ।
विश्वमा फैलिएको कोरोना भाईरसको महामारीको कारण विम्बल्डन रद्द भएको हो ।
इंग्ल्यान्डमा आयोजना हुने प्रतियोगिता जुन २९ देखि जुलाई १२ सम्म हुने तालिका रहेको थियो ।
विम्बल्डन टेनिस दोस्रो विश्व युद्धपछि पहिलो पटक रद्द भएको हो ।

कोरोना भाईरसका कारण बेलायतमा १ हजार ७ सय ८९ जनाको ज्यान गईसकेको छ । करिब २५ हजार भाईरसबाट संक्रमित छन् ।
प्रकोपकै कारण फ्रेन्च ओपन सेप्टेम्बरका लागि सञ्चालन गर्ने गरि नयाँ तालिका बनाईएको छ ।
चीनबाट फैलिएको कोरोनाको कारण विश्वको ठुला प्रतियोगिताहरु स्थगित भईसकेको छ ।
यस वर्ष तय भएको युरोकप फुटबल र ओलम्पिक खेलकुद अर्को वर्षको लागि स्थगित गरिएको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)