काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत व्याडमिन्टनको पुरुष टिम स्पर्धामा नेपाल क्वार्टरफाईनलमा पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपाल चाइनिज ताइपेसंग ३ - ० को सेटमा पराजित भएको हो । यसअघि नेपालले अन्तिम १६ को खेलमा पाकिस्तानलाई ३–२ को सेटमा हराएको थियो ।
पहिलो सिंगल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोश्रोमा नेपालका दीपेश धामी २१–५ र २१–११ तथा तेश्रोमा नेपालका नवीन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भए ।
महिला टिम इभेन्टमा भने नेपालको चुनौती समाप्त भइसकेको छ । ब्याडमिन्टन अन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु अगष्ट २४ तारिखदेखि सुरु हुनेछ ।