एजेन्सी । टेनिस स्टार नोभाक जोकोभिक र उनका श्रीमती जेलिना जोकोभिकले कोरोना भाईरसविरुद्ध लड्न १ लाख युरो सहयोग गरेका छन् ।
जोकोभिकले शुक्रबार सामाजिक संजालबाट कोरोनाविरुद्ध लड्न सर्बियालाई १ लाख युरो सहयोग गरेको जानकारी गराएका छन् ।
विश्व नम्बर एक जोकोभिकले आफैले स्थापना गरेको नोभाक फाउन्डेसनको माध्यमबाट उक्त सहयोग गरेको बताएका छन् ।
इन्स्टाग्राममा एक भिडियो राख्दै ३२ वर्षे जोकोभिकले उक्त रकमले मेडिकल उपकरण खरिदको लागि प्रयोग गरिने समेत बताएका छन् ।
चीनबाट फैलिएको कोरोना भाईरस सर्बियामा समेत देखिएको छ ।