काठमाडौं । ब्याडमिन्टनका यूवा स्टार प्रिन्स दाहाल विश्व वरीयतामा यथावत रहन सफल भएका छन् ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स सातौं स्थानमा यथावत रहेका हुन् । अघिल्लो वरीयतामा पनि प्रिन्स ७ औं स्थानमा रहेका थिए ।
प्रिन्सले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष ७ मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।
गत महिना जर्मनीमा सम्पन्न जर्मन इन्टरनेसनल सिरिजपछि उनले अन्य प्रतियोगिता खेलेका छैनन् । जसको कारण प्रिन्सको वरीयता यथावत रहेको हो । जर्मनीका प्रिन्स अन्तिम १६ सम्म पुगेका थिए ।
विश्व ब्याडमिन्टन महासंघले पुरुषतर्फ जुनियर र सिनियरतर्फ गरि दुई स्पर्धामा वरीयता सार्वजनिक गर्दै आएको छ ।
प्रिन्स नेपाली ब्याडमिन्टनका युवा स्टार हुन् । युवा अवस्थामै उनले राष्ट्रिय र अन्तराष्ट्रिय ब्याडमिन्टनमा प्रभाव जमाउँदै विश्व वरीयतामा फड्को मार्दै आईरहेका छन् ।
विश्व वरीयतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा रहेका छन् ।