फ्रेन्च ओपन टेनिस स्थगित
मंगलबार, चैत ४, २०७६खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च ओपन टेनिस सेप्टेम्बरसम्मको लागि स्थगित भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गर्दै फ्रेन्च ओपन करिन ४ महिना स्थगित भएको हो ।
फ्रान्सको पेरिसमा आयोजना हुने फ्रेन्च ओपन आगामी सेप्टेम्बर २० देखि ४ अक्टोबरसम्म हुनेछ । यस अघि मे २४ देखि जुन ७ सम्म आयोजना हुने तालिका रहेको थियो ।
चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि फ्रेन्च ओपन सारिएको हो ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)