काठमाडौं । एसियन गेम्सको व्याडमिन्टन पुरुष टिम स्पर्धामा नेपाल क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
अन्तिम १६ को खेलमा नेपालले पाकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालबाट रत्नजित तामाङ, दिपेश धामी, नवीन श्रेष्ठ र विकास श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालले क्वाटरफाइनलमा मंगलबार चाइनिज ताइपेईं विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
महिला टिम इभेन्टमा भने नेपाल चुक्यो । माल्दिभ्सले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालबाट नङशल तामाङ, जेशिका गुरुङ, रशिका महर्जन र अमिता गिरीले खेलेका थिए ।