एजेन्सी । टेनिसको एटिपी टुर प्रतियोगिता ६ हप्ता नहुने भएको छ ।
कोरोना भाईरस विश्व भर महामारीको रुपमा फैलिएपछि टेनिसको प्रतियोगिता करिब ६ हप्ता नहुने भएको हो ।
एटिपीले कोरोना भाईरसलाई मध्येनजर गर्दै आगामी अप्रिल २७ सम्म सम्पूर्ण प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
एटिपीको निर्णयसँगै मियामी ओपन, इन्डियन वेल्स र फेड कपको फाइनल तत्कालका लागि स्थगित भएको छ ।