काठमाडौं । लतिलपुरका शसिन डंगोल र दिपेश शाक्यको जोडीले दशौं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
सोमबार भएको फाइनलमा योङ्गस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका बिकास चन्द्र राई र यम रानाको जोडीलाई २१-१८, ११-२१ र २१-१८ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
उपाधिसँगै शसिन र दिपेशको जोडीले ४० हजार प्राप्त गर्दा उपविजेता टोलीले २५ हजार प्राप्त गरे ।
किङकम क्लब बानेश्वरको आयोजनमा भएको प्रतियोगितामा लतिलपुरका योङ्गस्टार क्लबका सुमन शाक्य र सनिल शाक्यको जोडी तेस्रो भए । शाक्यको जोडीले १५ हजार प्राप्त गरे ।
भेटान्स डबलतर्फको उपाधि एभरेष्ट ब्याडमिन्टन क्लबका डि.बि. लामा र नारायण श्रेष्ठले जित हात पारे । लामा र श्रेष्ठको जोडीले २० हजार प्राप्त गरे । दोश्रो स्थामा पेप्सी क्लबा कृष्ण राम थापा र सुरेन्द्र कटुवालाको जोडीले १२ हजार तथा तेश्रो स्थानमा वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेम राज भट्टले ८ हजार प्राप्त गरे ।