एजेन्सी । ब्याडमिन्टनकी स्टार पीभी सिन्धुले बीबीसी इन्डियन स्पोर्ट्सवुमन अफ दि इयर अवार्ड जितेकी छिन् ।
बीबीसीले खुलाएको भोटमा सर्वाधिक भोट ल्याएर सिन्धुले यस अवार्ड जितेकी हुन् ।
सिन्धुले बक्सिङकी मेरी कोम, धाविका दुटी चन्द, कुस्तीकि भिनेश भोगट र पारा ब्याडमिन्टनकी मनाशी जोशीलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।
२४ वर्षीय सिन्धुले सन् २०१९ मा स्विजरल्याण्डमा भएको विश्व ब्याडमिन्टन च्याम्पियनसिपमा स्वर्ण जितेकी थिईन ।
सिन्धु टोकियो ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्यमा रहेकी छिन् ।
सिन्धु ओलम्पिकमा रजत जित्ने पहिलो ब्याडमिन्टन खेलाडी हुन् ।
उनले करियरको १०० भन्दा बढी उपाधि जितिसकेकी छिन् ।