बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुम्फु
Bhat Bhateni Supermarket Ad

ग्रुप प्याटर्नमा बाल विकासलाई स्वर्ण

शनिबार, २४ फाल्गुण २०७६खेलपाटी संवाददाता
ग्रुप प्याटर्नमा बाल विकासलाई स्वर्ण
mustang rice ad

काठमाडौं । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको थाउलोतर्फ जुनियर पुरुष ग्रुप प्याटर्नमा शनिबार स्वर्ण जितेको छ ।

बाल विकासका सुजन तामाङ, विपिन गुरुङ, अनुप तामाङ, सौगात चन्द, सुशिल तामाङ र दीपेश श्रेष्ठ सम्मिलित टोलीले स्वर्ण जितेका हुन् । बाल विकासले ६.५ अंक जोड्यो ।

थाउलोकै सिनियर महिला बेयर ह्यान्डमा बाल विकासकी सिर्जना गुरुङ ६.८ अंक जोड्दै पहिलो भइन् । सिर्जनाले आफ्नै स्कुलकी सपना शाहीलाई पराजित गरिन् ।

बूढानीलकण्ठस्थित आयोजक बाल विकासको हातामा भइरहेको प्रतियोगिताको सिनियर पुरुष बेयर ह्यान्डमा सनराइजका सुदित श्रेष्ठ ७.२ अंकसाथ पहिलो भए । बाल विकासका लक्ष्मण सारु मगर ७.१ अंकसाथ दोश्रो तथा सनराइजका सागर लामा ७ अंकसाथ तेश्रो भए ।

जुनियर पुरुष बेयर ह्यान्डमा भ्याली पब्लिकका सोनाम गुरुङ ६.६ अंकसहित शीर्ष स्थानमा रहे । ६.५ अंकमा सनराइजका प्रिन्स लोप्चन दोश्रो तथा ६.३ अंकमा सनराइजकै आकाश थिङ तेश्रो भए । यस स्पर्धाको महिलामा एक्सेल पब्लिककी मारिया राई (६.६ अंक) ले स्वर्ण, सनराइजकी अप्सरा वाइबा (६.४ अंक) ले रजत र सनराइजकै सविना वाइबा (६.३ अंक) ले कांस्य जिते ।

बाल विकासको २५ औं स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगिताको जुनियर महिला सर्ट वेपनमा भ्याली पब्लिककी एन्जल गुरुङले स्वर्ण चुमिन् । ६.५ अंक जोडेकी एन्जलले भद्रकालीकी शितल शाहीलाई हराइन् । जुनियर पुरुष ताइचीमा सनराइजका विश्व निगम थापा पहिलो भए । उनले ५.७ अंक जोडे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, बाल विकासका अध्यक्ष शंकरदास श्रेष्ठ, बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको सदस्य निरौलाले नै उद्घाटन गरेकी थिइन् । प्रतियोगितामा विभिन्न ४२ विद्यालयका ३ सय ५७ खेलाडीले ३२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक सुकमान लामाले जनाएका छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन

३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

Bajaj Pulsar Motorcycle Ad
बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत