प्रिन्स प्रि-क्वाटरफाइनलमा पराजित
शनिबार, २४ फाल्गुण २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले जर्मनीमा जारी योनेक्स जर्मन जुनियर इन्टरनेसनल सिरिजको अन्तिम १६ बाट बाहिरिएका छन् ।
बर्लिनमा फ्रान्सका यानिस गउदिनसँग २-१ को सेटमा पराजित हुँदै प्रिन्स प्रतियोगिताबाट बाहिरिएका हुन् ।
अघिल्ला तीन खेलमा लगातार जित निकालेर आन्तिम १६ मा पुगेका प्रिन्स फ्रान्सेली खेलाडीसँग २१-१८, १२-२१ र १२-२१ ले पराजित भए ।
प्रिन्स दुई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजका लागि युरोप गएका थिए ।
प्रिन्सले यस अघि नेदरल्यान्ड्सको डच जुनियर इन्टरनेसनल सिरिज खेलेका थिए । नेदरल्यान्ड्समा पनि प्रिन्स प्रि-क्वाटरफाइनलसम्म पुगेका थिए ।









-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)